२६ बैशाख २०८२, शुक्रबार

जेठ १५ गतेबाट जनआन्दोलन सुरू गर्ने राजावादीहरुको घोषणा

कोलोराडोखबर संवाददाता , May 9th, 2025

नेपाल । नेपालमा राजावादीहरूले राजसंस्था पुनःस्थापनाका लागि अनिश्चितकालीन संयुक्त जनआन्दोलनको घोषणा गरेका छन् ।

आउँदो जेठ १५ गतेबाट जनआन्दोलन सुरू गर्ने तथा राजसंस्था र हिन्दू राष्ट्र स्थापन नभएसम्म नटुंगिने उनीहरूले घोषणा गरेका हुन् ।

नवराज सुवेदी नेतृत्वको संयुक्त जनआन्दोलन समितिले बिहीबार एक कार्यक्रम गरी संयुक्त आन्दोलनको घोषणा गरेको हो । यो आन्दोलनमा राप्रपा र राप्रपा नेपालसहित अन्य राजावादी शक्तिहरू पनि सामेल रहनेछन् ।

राजावादीले संवैधानिक राजसंस्थासहितको प्रजातन्त्र स्थापना, सनातन हिन्दू राष्ट्रको स्थापना र संघीयता खारेजीका तीन प्रतिवद्धता व्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्