२६ बैशाख २०८२, शुक्रबार

फ्रान्सको लिग खेलिरहेकी नेपाली खेलाडी सावित्रा भण्डारी ‘साम्बा’ले गरिन् ह्याट्रिक

कोलोराडोखबर संवाददाता , May 9th, 2025

अमेरिका । फ्रान्सको लिग खेलिरहेकी नेपाली खेलाडी सावित्रा भण्डारी ‘साम्बा’ले ह्याट्रिक गरेकी छन् ।

साम्बाको ह्याट्रिकमा फ्रेन्च क्लब एन अभेन्ट गुइगाम्पले फ्रेन्च महिला लिगमा जित निकालेको हो । बुधबार राति सम्पन्न खेलमा गुइगाम्पले सेन्ट एटिनलाई ३–२ गोलले पराजित गरेको थियो। खेलमा साम्बाले ५७औं, ८५औं र ९५औं मिनेटमा गोल गरेकी थिइन् ।

खेलमा सेन्ट एटिनले दुई पटकसम्म अग्रता बनाए पनि दुवै पटक साम्बाले गोल गर्दै गुइगाम्पलाई जिताएकी हुन्।

यो जितपछि गुइगाम्पले २२ खेलमा ९ अंक जोडेको छ र अंक तालिकामा भने १२औंँ स्थानमा रहेर सिजनको अन्त्य गरेको छ ।

प्रतिक्रिया दिनुहोस्