२५ बैशाख २०८२, बिहीबार

नेपालमा एक तोला सुनको मूल्य १ लाख ९१ हजार ६ सय !

कोलोराडोखबर संवाददाता , May 8th, 2025

नेपाल । नेपालमा सुनको मूल्य आकासिएको छ । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा वृद्धि भएसँगै त्यसको प्रभाव स्थानीय बजारमा पनि परेको छ ।

बुधबार नेपालमा सुनको मूल्य तोलामा रु एक हजार ७०० ले वृद्धि भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार एक तोला सुनको मूल्य रु एक लाख ९१ हजार ६०० कायम भएको थियो ।

त्यसैगरी, एक तोला चाँदी रु एक हजार ९६५ मा बेचबिखन भएको थियो ।

प्रतिक्रिया दिनुहोस्