नेपाल । गैरआवासीय नेपाली संघ (एनआरएनए) द्वारा आयोजना गरेको ‘एनआरएनए कन्क्लेभ २०२५’ को उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने भएका छन् ।
‘एनआरएनको अधिकार, समृद्धिको आधार’ भन्ने मूल नाराका साथ आगामी बुधवार (मे १४) काठमाडौँमा आयोजना हुने कन्क्लेभको उद्घाटन प्रधानमन्त्री ओलीले गर्ने भएका हुन् ।
संघका अध्यक्ष डा. बद्री केसीको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले बुधवार प्रधानमन्त्री निवास बालुवाटार पुगेर कार्यक्रमको औपचारिक निमन्त्रणा दिएको थियो ।
प्रधानमन्त्री ओलीले गैरआवासीय नेपाली संघलाई सबै नेपालीको साझा, गैरराजनीतिक संस्था बनाउनुपर्नेमा जोड दिए । उनले संघले उठाएका जायज मागप्रति सरकार सधैं सकारात्मक रहेको बताएका थिए ।
संघका अध्यक्ष डा. केसीले प्रधानमन्त्रीलाई कन्क्लेभको उद्देश्यबारे जानकारी गराउँदै गैरआवासीय नेपाली नागरिकताको कार्यान्वयन, नेपालमा लगानी, श्रम तथा आप्रवासन, पर्यटन प्रवर्द्धन लगायत विषयहरूमा केन्द्रित कार्यक्रम आयोजना गरिने जानकारी दिए।
प्रतिनिधिमण्डलमा पूर्वअर्थमन्त्री युवराज खतिवडा, एनआरएनए उपाध्यक्षहरू डा. विनोद श्रेष्ठ, रोशन थापा, रोजिना राई प्रधान, उपमहासचिव सोम सापकोटा, सचिव टिका गुरुङ, कोषाध्यक्ष सुदन थापा, सहकोषाध्यक्ष कृष्ण तिमल्सिना, पूर्वआइसीसी सदस्य भीमलाल भट्टराई लगायतको उपस्थिति थियो ।
प्रतिक्रिया दिनुहोस्