२५ बैशाख २०८२, बिहीबार

पछिल्ला विकसित राजनीतिक घटनाक्रमबारे छलफल गर्न काँग्रेसको पदाधिकारी बैठक बस्दै

कोलोराडोखबर संवाददाता , May 8th, 2025

नेपाल । शुक्रबार सत्तारुढ दल नेपाली कांग्रेसले पार्टीको पदाधिकारी बैठक बोलाएको छ ।

मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार बैठक पर्सि बिहान ९ बजे पार्टी सभापति देउवा निवासमा बस्नेछ ।

बैठकमा पछिल्ला विकशित राजनीतिक घटनाक्रम, सरकारले ल्याएको नीति तथा कार्यक्रमलगायतको विषयमा कुराकानी हुने उनले बताए ।

बैठकले भारत र पाकिस्तान युद्धमा पार्टीको धारणा पनि तय गर्नसक्ने सुनाए । सत्तारुढ दल एमालेसँग कुरा नमिल्दा राष्ट्र बैंकको गभर्नर नियुक्तिमा ढिलाइ भइरहेको छ । बैठकमा त्यसबारेमा पनि छलफल हुने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्