नेपाल । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधबार नेपाल धितोपत्र बोर्ड (सेबोन) मा छापा मारेको छ।
आयोगको टोलीले आइपिओ निष्काशनको प्रक्रियामा रहेका ८९ कम्पनीको फाइल नियन्त्रणमा लिएको अख्तियार स्रोतले जनाएको छ ।
आइपिओ निष्काशनको प्रक्रियामा रहेका कम्पनीसँग बोर्डले आर्थिक चलखेल गरेको आरोप लागेपछि अख्तियारले सबै फाइल नियन्त्रणमा लिएको बुझिएको छ ।
प्रतिक्रिया दिनुहोस्