१७ जेष्ठ २०८२, शनिबार

युरोपियन च्याम्पियन्स लिगः पीएसजी र इन्टर मिलान फाइनलमा

कोलोराडोखबर संवाददाता , May 8th, 2025

अमेरिका । इन्टर मिलान युरोपियन च्याम्पियन्स लिग फुटबलको फाइनलमा प्रवेश गरेको छ ।

इटालीको सानसिरोमा मङ्गलबार भएको खेलमा इन्टरले बार्सिलोनालाई ४–३ गोलले हरायो । समग्रमा इन्टर ७–६ गोलले विजेता बनेको हो ।

यसअघि बार्सिलोनाको घरेलु मैदानमा खेलिएको पहिलो लेग ३–३ गोलको बराबरीमा सकिएको थियो ।

यता, आर्सनललाई पराजित गर्दै फ्रान्सेली टोली पेरिस सेन्ट जर्मेन (पीएसजी) यूएफा च्याम्पियन्स लिगको फाइनलमा प्रवेश गरेको छ।

गएराति घरेलु मैदानमा भएको खेलमा  इंग्लिस टोली आर्सनललाई २–१ ले हराएर पीएसजीले समग्रमा ३–१ को जित निकाल्दै फाइनलमा स्थान पक्का गरेको हो ।

 

प्रतिक्रिया दिनुहोस्