नेपाल । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ शौचालयमा लडेर घाइते भएका छन् ।
मंगलबार राति करिब १२ बजे निवासमा शौचालयमा चिप्लिएर लडेपछि निधारमा चोट लागेको हो ।
उनलाई ललितपुरको मेडिसिटी अस्पतालमा भर्ना गरिएको छ । हाल उनको अवस्था सामान्य रहेको र चिकित्सकको निगरानीमा उपचार भइरहेको सचिवालयले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्