२४ बैशाख २०८२, बुधबार

मुलुककै जेठो समाचारमूलक पत्रिका गोरखापत्र १२५औँ वर्षमा प्रवेश

कोलोराडोखबर संवाददाता , May 7th, 2025

नेपाल । नेपालबाट गोरखापत्रको प्रकाशन वैशाख २४ गते बुधबार १२५औँ वर्षमा प्रवेश गरेको छ ।

यसै दिन राष्ट्रिय पत्रकारिता दिवससमेत मनाउने गरिन्छ । मुलुककै जेठो समाचारमूलक पत्रिका गोरखापत्रको प्रकाशन आरम्भ भएको विसं १९५८ वैशाख २४ गतेको स्मरणमा हरेक वर्षको वैशाख २४ गते राष्ट्रिय पत्रकारिता दिवस मनाइन्छ । विसं २०७३ देखि राष्ट्रिय पत्रकारिता दिवस मनाउन सुरु गरिएको हो ।

एक शताब्दीभन्दा लामो इतिहास बोकेको गोरखापत्र मुलुकको गौरवशाली प्रकाशन हो । गोरखापत्र प्रकाशनको प्रारम्भदेखि १९९१ साल वैशाख ८ गतेसम्म हप्ताको एक दिन सोमबार र त्यसपछि २००१ साल असोजसम्म बुधबार प्रकाशन हुन थाल्यो । पछि साताको दुई र तीन पटक हुँदै २०१७ साल फागुन ७ बाट दैनिक भएको हो ।

प्रतिक्रिया दिनुहोस्