२३ बैशाख २०८२, मंगलवार

६ सय ६१ जनाले तीन प्रतिशत ब्याजदरमा स्टार्टअप कर्जा पाउने

कोलोराडोखबर संवाददाता , May 6th, 2025

नेपाल । चालु आर्थिक वर्षमा ६ सय ६१ जनाले (नवप्रवर्तन) स्टार्टअप कर्जा पाउने भएका छन् ।

औद्योगिक व्यवसाय विकास प्रतिष्ठानले आइतबार सूचना जारी गर्दै तीन प्रतिशत ब्याजदरमा ६ सय ६१ उद्यमीलाई स्टार्टअप कर्जाका लागि सिफारिस गरेको हो ।

कर्जाका लागि सिफारिस भएका उद्यमीले ४५ दिनभित्र तोकिएका बैंकको शाखा कार्यालयमा सम्पर्क नगर परियोजना प्रस्ताव र सिफारिस रकम स्वतः रद्द हुने प्रतिष्ठानले जनाएको छ ।

कुन उद्यमी कुन बैंकको कुन शाखामा जाने भन्ने सूचना आगामी बिहीबारसम्म प्रकाशन गरिने प्रतिष्ठानद्वारा जारी सूचनामा उल्लेख छ ।

चालु आर्थिक वर्षको बजेटमा स्टार्टअप कर्जा प्रवाहका लागि १ अर्ब रुपैयाँ विनियोजन गरिएको थियो।

प्रतिक्रिया दिनुहोस्