नेपाल । प्रधानमन्त्री केपी शर्मा ओलीले गैरआवासीय नेपाली संघलाई एकजुट बनाउनका लागि आफू सदैव प्रतिवद्ध रहेको बताउनुभएको छ ।
गैरआवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष बद्री केसी सहितका पदाधिकारीसँग भएको भेटमा प्रधानमन्त्री ओलीले एनआरएनएलाई गैर–राजनीतिक बनाई संसारभरका गैरआवासीय नेपालीलाई एकजुट बनाउन आफू सदैव प्रतिबद्ध रहेको बताउनुभएको हो ।
भेटमा प्रधानमन्त्री ओलीले ११ औं महाधिवेशनबाट निर्वाचित एनआरएनए नै आधिकारिक रहेको बताएको उल्लेख गर्दै भन्नुभयो, “म आफैँ कतिपटक तपाईहरुको कार्यक्रममा सहभागी भएँ त्यसको मतलव नै तपाईहरु आधिकारिक हो । अब दसौं महाधिवेशनमा विवाद भएको हो, त्यो विवादबारेको फैसला ११ औं महाधिवेशन भइसकेको थियो। पछिल्लो फैसलाले समेत ११ औं महाधिवेशनलाई मान्यता दिइसकेको छ, अरू महाधिवेशन भयो भएनले अर्थ राख्दैन ।”
प्रधानमन्त्री ओलीले हरेक २ वर्षको अक्टोबरमा हुने एनआरएनए महाधिवेशन नै आधिकारिक हुने भन्दै त्यसतर्फ तयारी गर्न आग्रह गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस्