नेपाल । हेम–सरिता पाठक फाउन्डेसनले प्रज्ञा भवनमा पत्रकार तथा गीत र कविताका गरी पाँच जना सर्जकलाई पुरस्कृत गरेको छ ।
कार्यक्रममा दुई लाख राशिको टङ्कप्रसाद–रमादेवी पाठक पत्रकारिता पुरस्कारबाट पत्रकारद्वय मातृका दाहाल र दीपा दाहाल संयुक्त रूपमा पुरस्कृत हुनुभयो ।
यसैगरी एक लाख राशिको ‘हेम–सरिता पाठक अन्तर्राष्ट्रिय सङ्गीत पुरस्कार’ गीतकार गोपालप्रसाद थपलिया र सङ्गीतकार एवं गायक शिशिर योगी संयुक्त रूपमा पुरस्कृत हुनुभयो । उहाँहरूले ‘जनतालाई रुवायो’ गीतका लागि सो पुरस्कार पाउनुभएको हो । यसै गरी एक लाख राशि रहेको भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय कविता पुरस्कारबाट कवि तोया भट्ट पुरस्कृत हुनुभयो ।
कार्यक्रममा उत्कृष्ट २५ कविलाई प्रमाणपत्र प्रदान गरिएको थियो । उहाँहरूलाई प्रतिनिधि सभा सदस्य अमरेशकुमार सिंह, फाउन्डेसनका प्रमुख संरक्षक हेम पाठक र अध्यक्ष जेनी पाठकले संयुक्त रूपमा पुरस्कार प्रदान गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस्