२२ बैशाख २०८२, सोमबार

फुट्यो एनआरएनएः महेश श्रेष्ठको अध्यक्षमा यस्तो बन्यो कार्यसमिति

कोलोराडोखबर संवाददाता , May 5th, 2025

काठमाडौँ । गैर आवासीय नेपाली संघ (एनआरएनए) फुटेको छ ।

काठमाडौँको हायात होटेलमा एनआरएनए उच्चस्तरीय समितिले आयोजना गरेको महाधिवेशनलाई एकता महाधिवेशन भनिए पनि एनआरएनको ठूलो पंक्ति सहभागी भएन ।

एनआरएनए आईसीसीका अध्यक्ष डा. बद्री केसी नेतृत्वको कार्यसमितिले उक्त एकता महाधिवेशनलाई अबैध भएको प्रतिक्रिया जनाएका छन् ।

उता, शेष घले समूहले आइतबार सम्पन्न गरेको महाधिवेशनले महेशकुमार श्रेष्ठको नेतृत्वमा सर्वसम्मत रूपमा कार्यसमिति चयन गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस्