२१ बैशाख २०८२, आईतवार

सत्तारुढ एमाले र काँग्रेसले गरे आगामी आव २०८२–८३ को नीति तथा कार्यक्रमबारे छलफल

कोलोराडोखबर संवाददाता , May 4th, 2025

नेपाल । सत्तारुढ नेकपा एमाले र नेपाली काँग्रेसले गते शुक्रबार सार्वजनिक सरकारको आगामी आर्थिक वर्ष २०८२–८३ को नीति तथा कार्यक्रमबारे छलफल गरेका छन् ।

यसैक्रममा नेपाली कांग्रेसले सरकारद्वारा प्रस्तुत आगामी आर्थिक वर्ष २०८२–८३ को नीति तथा कार्यक्रममा सकारात्मक र रचनात्मक सुझावसहित छलफलमा सहभागी भई समर्थन जनाउने निर्णय गरेको छ ।

नयाँ वानेश्वरस्थित सङ्घीय संसद् भवनमा पार्टी सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवाको अध्यक्षतामा शनिबार बसेको संसदीय दलको बैठकले नीति तथा कार्यक्रममा राष्ट्रिय आवश्यकता समेटिएकाले समर्थन गर्ने निर्णयसमेत गरेको छ ।

संसदीय दलका प्रमुख सचेतक श्याम घिमिरे बैठकले नीति कार्यक्रम सम्बोधन गर्ने गरी आगामी बजेट तर्जुमा गर्न सरकारलाई सुझाव दिने निर्णय गरेको जानकारी दिए ।

त्यसैगरी सरकारको नीति तथा कार्यक्रमको पक्षमा सक्रिय र प्रभावकारी भूमिका निर्वाह गर्ने निर्णय गरेको छ ।

प्रधानमन्त्री तथा एमाले संसदीय दलका नेता केपी शर्मा ओलीको अध्यक्षतामा शनिवार बसेको दलको बैठकले सरकारको नीति तथा कार्यक्रम प्रगतिशील, व्यवहारिक र जनमुखी रहेको निष्कर्ष निकाल्दै प्रभावकारी रुपमा प्रस्तुत हुने निर्णय गरेको हो ।

प्रमुख सचेतक महेश बर्तौलाका अनुसार बैठकले देशमा व्याप्त गहिरो निराशा हटाउन, जनतामा आशा र उत्साहको सञ्चार गर्न अनि देशलाई तीव्र आर्थिक वृद्धिको दिशामा लैजान विद्यमान परिस्थितिका सीमाहरुलाई पूर्णतया ख्याल गर्दै देश र जनताको हितलाई केन्द्रमा राखी विकास, समृद्धि, सुशासन र सेवा प्रवाहलाई उच्च महत्व दिएर नीति तथा कार्यक्रम आएको ठहसहित यसको पक्षमा सकारात्मक ढङ्गले संसदमा सक्रिय र प्रभावकारी भूमिका निर्वाह गर्ने निर्णय गरेको छ ।

बैठकमा प्रधानमन्त्री ओलीले सांसदहरुलाई वार्षिक नीति तथा कार्यक्रम र समसामयिक विषयवस्तुहरुका बारेमा सम्बोधनसहित मार्गनिर्देशन गर्नुभएको बर्तौलाले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्