२१ बैशाख २०८२, आईतवार

साहित्यकार किशोर पहाडी र फूलमान वल सम्मानित

कोलोराडोखबर संवाददाता , May 4th, 2025

नेपाल । जनमत वाङ्मय प्रतिष्ठानले शनिबार राजधानीमा साहित्यकार किशोर पहाडी र फूलमान वललाई सम्मान गरेको छ ।

नेपाली भाषा साहित्य र वाङ्मयमा पुर्‍याउनु भएको योगदान बापत पहाडीलाई गणेश–खिलकुमारी दुवाल–जनमत सम्मान र बललाई जनमत–ज्ञानरत्न–मङ्गलतारा राष्ट्रिय सम्मानद्वारा सम्मानित गरिएको हो ।

वरिष्ठ साहित्यकार रोचक घिमिरे, प्रतिष्ठानका अध्यक्ष मोहन दुवाललगायतले सम्मान अर्पण गर्नु भयो ।

जनमत वाङ्मय प्रतिष्ठानले गत महिना आफ्नो ४१औँ वार्षिकोत्सव मनाउने क्रममा २० जना सर्जकलाई सम्मानित गरेको र उक्त समारोहमा विशेष कारणले छुट्नु भएका स्रष्टालाई राजधानीमा छुट्टै कार्यक्रम आयोजना गरी सम्मान गरिएको प्रतिष्ठानका सचिव सिर्जना दुवालले बताउनु भयो । कार्यक्रममा कविहरु दियेशरत्न शाक्य, चेतनाथ धमला, रामसुन्दर देउजालगायतले कवितावाचन गर्नु भएको थियो।

प्रतिक्रिया दिनुहोस्