२१ बैशाख २०८२, आईतवार

धुलिखलेलमा राधिका शाक्यद्वारा लिखित आत्मकथा ‘करुणा’ पुस्तकको विमर्श

कोलोराडोखबर संवाददाता , May 4th, 2025

नेपाल । प्रधानमन्त्री पत्नी राधिका शाक्यद्वारा लिखित आत्मकथा ‘करुणा’ पुस्तकको विमर्श कार्यक्रम सम्पन्न भएको छ ।

पाणिनि बुक्स प्रालिले शनिबार धुलिखलेलमा शाक्यको आत्मकथा ‘करुणा’ माथि विमर्श कार्यक्रमको आयोजना गरेको हो ।

करुणाको आत्मकथाको विमर्श कार्यक्रममा धुलिखेल नगरपालिकाका प्रमुख अशोककुमार ब्याञ्जूले लिखित आत्मकथाका सबै विषयमा करुणा झल्किएको बताउनुभयो । शाक्यको आत्मकथामाथि कविताको माध्यमबाट प्रतिक्रिया दिनुहुँदै नगर प्रमुख अशोककुमार ब्याञ्जुले करुणा कथा लिखित, अलिखितका लागि, क्रिया प्राप्त, अप्राप्तका लागि, भोगाई व्यक्त र अव्यक्तका लागि, पूर्ववत् जीवनका आँसु, पसिना र रगतहरूको अबिशब्द हो करुणा, जहाँ कथा, कथाको व्यथा बन्न खोज्दछ, जहाँ व्यथा कथाको सागर बन्न खोज्ने बताउनुभयो ।

कार्यक्रममा पुस्तकमाथि चर्चा गर्दै मानव सेवा आश्रमका अध्यक्ष रामजी अधिकारीले करुणाले तिम्रो छातीमा दया, माया, करुणा सबै छ त्यसलाई नजिकबाट अनूभूत गर भनेर झक्झकाउने काम गरेको बताउनुभयो ।

विर्मश कार्यक्रममा नविल बैँकका प्रमुख कार्यकारी अधिकृत तथा प्रेरणादायी वक्ता मनोज ज्ञवालीले राधिका शाक्यद्धारा लिखित आत्मकथा ‘करुणा’ को सुरुदेखि अन्तिमसम्म सबैमा करुणा झल्किने बताउनुभयो । पुस्तकमा हाल प्रधानमन्त्री केपी शर्मा ओलीले सानै उमेरमा आमा गुमाएपछि मातृवात्सल्य टुटेकोले उहाँसँग करुणा जागेर अन्तर्जातिय विवाह गरेको समेत उल्लेख गरिएको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्