२० बैशाख २०८२, शनिबार

अप्रिल महिनामा १ लाख १६ हजार ४९० पर्यटक नेपाल घुम्न गए

कोलोराडोखबर संवाददाता , May 3rd, 2025

अमेरिका । सन् २०२५ को अप्रिल महिनामा १ लाख १६ हजार ४९० पर्यटक नेपाल घुम्न गएका छन् ।

नेपाल पर्यटन बोर्डले शुक्रबार प्रकाशित गरेको तथ्याङ्क अनुसार सबैभन्दा धेरै भारतीय पर्यटक २५ हजार ९३३ जना रहेका छन् । अमेरिकन १० हजार ५३, चिनियाँ ९ हजार ३७, बेलायती ६ हजार ७३८ र बंगलादेशी ५ हजार ३९८ जनाले अप्रिलमा नेपाल घुमेका छन् ।

यस वर्षको अप्रिलमा गत वर्षको अप्रिलभन्दा ४.६ प्रतिशत बढी पर्यटक नेपाल भित्रिएका छन् । गत वर्षको अप्रिलमा १ लाख ११ हजार ३७६ जना पर्यटक नेपाल भित्रिएका थिए ।

प्रतिक्रिया दिनुहोस्