२० बैशाख २०८२, शनिबार

मे ३ मा विश्व प्रेस स्वतन्त्रता दिवस मनाईंदै

कोलोराडोखबर संवाददाता , May 3rd, 2025

अमेरिका । मे ३ तारिक शनिबार विश्व प्रेस स्वतन्त्रता दिवस मनाईंदै छ ।

सन् १९९३ को संयुक्त राष्ट्रसंघको साधारण सभाले अनुमोदन गरेपछि यो दिन संसारभरि प्रेस स्वतन्त्रता दिवस मनाउन थालिएको हो ।

हरेक वर्षको मे ३ तारिखमा विश्वभरि सञ्चारका माध्यमहरूको स्वतन्त्रताका मुद्दा, मापदण्ड र महत्त्वको विषयमा पैरवी अनि बहस गरिँदै समाचार सङ्कलनका क्रममा जोखिममा परेका र ज्यान गुमाएका पत्रकारहरूको योगदानको सम्झना र सम्मान गर्दै मनाइन्छ ।

संयुक्त राष्ट्र संघीय युनेस्कोको आह्वानमा यो दिवस मनाइने क्रमको सुरुआत भएको हो ।

प्रतिक्रिया दिनुहोस्