२० बैशाख २०८२, शनिबार

मे ३ देखि ५ सम्म हुने भनिएको एकता महाधिवेशन अबैधः एनआरएनए

कोलोराडोखबर संवाददाता , May 3rd, 2025

अमेरिका । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले मे ३ देखि ५ सम्म काठमाडौंमा हुने भनिएको एकता महाधिवेशनमा आफूहरुको कुनै संलग्नता नरहेको स्पष्ट पारेको छ ।

एनआरएनएले शुक्रबार जुममार्फत गरेको पत्रकार सम्मेलनपछि प्रवक्ता फणिन्द्र पन्तले प्रेस विज्ञप्ति जारी गर्दै ‘एकता महाधिवेशन’ को नाममा मे ३–५ मा काठमाडौंमा आयोजना गर्न लागेको भनिएको गतिविधिहरूमा ११औं महाधिवेशनबाट निर्वाचित कार्यसमितिको संलग्नता नरहेको जानकारी गराएका छन् ।

सर्वोच्च अदालतमा मुद्दा विचाराधीन रहँदारहँदै अदालत र ताकुलदार मन्त्रालयलाई समेत छलेर हुने भनिएको अधिवेशन एकताको नभइ फुटको भेलामा मात्रै सिमित रहने प्रवक्ता पन्तले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

अर्को कुनै निर्णय नभएसम्म पूर्व निर्धारित मिति अर्थात २०२५ को अक्टोबर ११ देखि १४ मै संघको १२ औँ महाधिवेशन हुने समेत निज्ञप्तिमा उल्लेख छ ।

यता, शेष घले नेतृत्वको एनआरएनए उच्चस्तरीय समितिले शनिबारदेखि सोमबारसम्म एकताको महाधिवेशन गर्दैछ ।

प्रतिक्रिया दिनुहोस्