२० बैशाख २०८२, शनिबार

द भ्वाइस अफ नेपाल सिजन ६ मा प्रोसेस पाण्डे जिते उपाधि

कोलोराडोखबर संवाददाता , May 3rd, 2025

नेपाल । द भ्वाइस अफ नेपाल सिजन ६ मा प्रोसेस पाण्डे विजेता बनेका छन्।

शुक्रबार भएको ग्राण्ड फिनालेमा उनले तीन प्रतिस्पर्धीलाई पछि पार्दै नगद २० लाख रूपैयाँसहित द भ्वाइस अफ नेपाल सिजन ६ को उपाधि जितेका हुन् ।

प्रोसेसले टिम खेम सेञ्चुरीबाट प्रतिस्पर्धा गरेका थिए । यस्तै टिम मेलिना राईबाट रोशन राई फस्ट रनरअप भएका छन् ।

यस्तै सेकेन्ड रनरअप टिम राजु लामाबाट प्रमेश राई बनेका छन् । अर्पना आचार्य थर्ड रनरअप बनेकी छन् । उनले टिम उदय सोताङबाट प्रतिनित्व गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्