-आरसी रिजाल-
सिवानीको आमा बितेको १० बर्ष भयो।न्यास्रो मेटाउन आज उनी आफुलाई स्यार्ने धाईआमालाई भेट्न वृद्धआश्रम पुगेर फलफुलको झोला थमाउदै कुरा गर्छिन् -:
धाईआमा कस्तो छ तपाईंलाई ?
” कस्तो भन्नू नानी सासफेरी रहेको छु। जति कष्ट दिए पनि छोराको याद त आईरहन्छ ” भनिन् ।
सिवानीले — आज त तपाईंको छोराले ” आमाको स्मृतिमा ” भनेर उहिले दसैंमा तपाईंले टीका लगाइदिएको फोटो मोबाइलमा हालेको छ भनेर देखाईदिन् ।
धाईआमा — आफ्नै रगत हो नानी । जाँड खाएर फलामे रडले हिर्काएर मलाई यो अवस्थामा पुर्याए पनि यो खोरन्डो खुट्टोलाई छोराले दिएको ” मायाको चिनो ” ठानेको छु ।
-हेटौंडा, मकवानपुर ।
प्रतिक्रिया दिनुहोस्