-रमेशचन्द्र घिमिरे-
टेरिएन छाता लैजा भन्दाखेरि आमाले
ऐले साह्रै पोल्यो मलाई चर्को घामले
कोही ढुङ्गा उचाल्छन्, कोही गिटी फुटाउँछन्
पसिनाको खेती गर्छन् श्रम जुटाउँछन्
कर्मी, कुल्ली,ज्यामी दाइको केही छैन शिरमा
छाता ओढ्न नपाएुनि छैनन् पीरमा
व्यस्त भाुछन् हली(बाउसे आफ्नै–आफ्नै कामले
यिनलाई किन नपोलेको चर्को घामले ?
मैलाई घामले पोल्ने अनि मैलाई थकाइ लागने
मैले मात्र के लाजले छाता मागने
मुनि श्रम गर्छु आजै मुनि जाँगर पोख्दछु
खेत खन्छु, घाँस काट्छु, ढुङ्गा बोक्दछु
बजारबाट झिल्के छाता किन्दिएुनि मामाले
ओढ्दिनँ भो पोले पोलोस् चर्को घामले ।
–भोर्लेटार, लमजुङ ।
प्रतिक्रिया दिनुहोस्