कोलोराडो । अमेरिकाको कोलोराडोमा वरिष्ठ साहित्यकार डा. नवराज लम्सालसँग साहित्यिक भेटघाट तथा अन्तरक्रिया कार्यक्रम गरिने भएको छ ।
अनेसास कोलोराडो शाखाको आयोजनामा मे ४ तारिक अर्थात आगामी आइतबार वेस्टमिनिस्टर स्थित नेपाली घरमा उक्त कार्यक्रम हुनेछ ।
दिउँसो २ बजेबाट शुरु हुने उक्त कार्यक्रममा कोलोराडोवासी नेपालीभाषी साहित्यप्रेमीहरुलाई उपस्थितिका लागि शाखा अध्यक्ष किरण अधिकारीले निमन्त्रणा गरेका छन् ।
कार्यक्रममा डा. लम्सालसँग अन्तरक्रियासँगै रचना बाचनसमेत हुनेछ ।
प्रतिक्रिया दिनुहोस्