१९ बैशाख २०८२, शुक्रबार

वानीरा फाउन्डेसनद्वारा विभिन्न विधाका वरिष्ठ व्यक्तिलाई पुरस्कार प्रदान

कोलोराडोखबर संवाददाता , May 2nd, 2025

नेपाल । वानीरा फाउन्डेसनले विभिन्न विधाका वरिष्ठ व्यक्तिलाई पुरस्कार प्रदान गरेको छ । फाउन्डेसनकी अध्यक्ष इन्दिरा प्रसाईले काठमाडौँमा आयोजित कार्यक्रममा पुरस्कृत व्यक्तिलाई पुरस्कार प्रदान गर्नुभयो ।

फाउन्डेसनले नेपाली भाषा साहित्यको सिर्जनामा साढे छ दशकअघिदेखि निरन्तर सक्रिय प्राध्यापक रामकुमार पाँडेलाई २०८१ सालको ‘वानिरा प्रज्ञा पुरस्कार’ प्रदान गरेको छ । यसै गरी चित्रकलाको आराधनामा विगत सात दशकदेखि सक्रिय रही अन्तर्राष्ट्रिय जगत्मा समेत नेपालको गौरव बढाएबापत शशि शाहलाई ‘वानिरा शङ्कर पुरस्कार’ प्रदान गरियो । यी दुवै पुरस्कारका राशि जनही एक लाख रुपियाँ रहेका छन् ।

यसै गरी अध्यक्ष प्रसाईले कविता सिर्जनाका माध्यमबाट नेपाली भाषा साहित्यको संवर्धनमा समर्पित कवि कृष्ण बाउसेलाई ५० हजार रुपियाँ राशिसहित ‘वानिरा पुरस्कार’ समर्पण गर्नुभयो । समारोहमा पुरस्कृत व्यक्तित्वबाट डा। वानिरा गिरीकृत कवितासङ्ग्रह ‘एउटा एउटा जिउँदो जङ्गबहादुर’ को नयाँ संस्करणको लोकार्पण गरियो ।

प्रतिक्रिया दिनुहोस्