१९ बैशाख २०८२, शुक्रबार

‘युगकवि सिद्धिचरण पुरस्कार’ साहित्यकार डा. दुबसु क्षेत्रीलाई प्रदान गरिने

कोलोराडोखबर संवाददाता , May 2nd, 2025

नेपाल । युगकवि सिद्धिचरण प्रतिष्ठानले ‘युगकवि सिद्धिचरण पुरस्कार–२०८२’ साहित्यकार डा. दुर्गाबहादुर सुवेदी क्षेत्री (दुबसु क्षेत्री) लाई प्रदान गरिने भएको छ ।

प्रतिष्ठानका अध्यक्ष कवि वैरागी काइँलाद्वारा बुधबार जारी विज्ञप्तिमा नेपाली भाषा साहित्यको उन्नयनमा उल्लेखनीय योगदान पुर्‍याउने डा. क्षेत्रीलाई पुरस्कार प्रदान गर्ने निर्णय गरिएको उल्लेख छ ।

प्राडा मोहनप्रसाद लोहनीको संयोजकत्वमा गठित त्रिसदस्यीय छनोट समितिको सिफारिसमा निर्णय भएको विज्ञप्तिमा जनाइएको छ । समितिमा प्राडा अभि सुवेदी र कवि मञ्जुल सदस्य रहनुभएको थियो ।

नेपाल, बेलायत, जापान र अमेरिकाका विभिन्न विश्वविद्यालयबाट उच्च शिक्षा हासिल गर्नुभएका डा. क्षेत्री जापानका लागि नेपालका वर्तमान राजदूतसमेत हुनुहुन्छ । उहाँ लामो समयदेखि कूटनीतिक सेवामा समेत संलग्न रहनुभएको छ । कविता, काव्य, गीत, गजल, मुक्तक तथा अनुसन्धानका क्षेत्रमा उहाँका ३८ वटाभन्दा बढी कृति प्रकाशित छन् ।

प्रतिक्रिया दिनुहोस्