१७ बैशाख २०८२, बुधबार

माल्टा पठाउँछु भन्दै २४ लाख ठगी गर्ने सुजन उप्रेती पक्राउ

कोलोराडोखबर संवाददाता , April 30th, 2025

नेपाल । वैदेशिक रोजगारीमा माल्टा पठाउँछु भनी ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–२ घर भएका ५६ वर्षीय सुजनकुमार उप्रेती रहेका छन् ।

मंगलबार उनलाई पक्राउ गरेर वैदेशिक रोजगार विभागमा पठाइएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी मनोहर प्रसाद भट्टले जानकारी दिए ।

उनीमाथि पीडितहरूबाट २४ लाख रकम लिएर फरार भएको आरोप लागेको छ ।

प्रतिक्रिया दिनुहोस्