२६ बैशाख २०८२, शुक्रबार

थप छलफल गरेर पुनः वार्तामा बस्ने शिक्षक महासंघ र शिक्षा मन्त्रालयबीच सहमति

कोलोराडोखबर संवाददाता , April 27th, 2025

नेपाल । विद्यालय शिक्षा ऐन जारी हुनुपर्ने र उक्त ऐनमा पेसागत हकअधिकार सुनिश्चित हुनुपर्ने माग गर्दै आन्दोलनमा उत्रेको नेपाल शिक्षक महासंघसँग शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शनिबार वार्ता गरेको छ ।

मन्त्रालयमा भएको वार्तामा आन्दोलनरत शिक्षकले आफूहरूको माग र आन्दोलनबाट फिर्ता हुनुअघि मन्त्रालयले पूरा गर्नुपर्ने न्यूनतम सर्तहरू प्रस्तुत गरेका थिए ।

पहिलो दिनको औपचारिक वार्ता भएका कारण मन्त्रालयले शिक्षकका मागबारे जानकारी मात्रै लिएको थियो । दुवै पक्षले थप छलफल गरेर अर्को दिन पनि वार्ता गर्ने सहमति गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्