१८ बैशाख २०८२, बिहीबार

मुम्बई इण्डियन्स आइपीएलमा तेस्रो स्थानमा

कोलोराडोखबर संवाददाता , April 24th, 2025

नेपाल । आइपीएलमा मुम्बई इण्डियन्सले नवौं खेलमा पाँचौं जित हात पार्दा लिगको तेस्रो स्थानमा उक्लिएको छ ।

मुम्बईले बुधबार राति सनराइजर्स हैदरबादलाई ७ विकेटले हराएका हो । जितको लागि १ सय ४४ रनको लक्ष्य मुम्बईले १५ दशमलव ४ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्यो ।

त्यसअघि पहिले ब्याटिङ गरेको हैदरबादले कडा संघर्ष गर्दै ८ विकेटको नोक्सानीमा १ सय ४३ रन बनाएको थियो ।

प्रतिक्रिया दिनुहोस्