नेपाल । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले २०८४ को निर्वाचन अगाडि नै एक पटक संविधान संशोधन गर्नुपर्ने बताउनुभएको छ ।
नेपाली कांग्रेस धनकुटाले शनिबार आयोजना गरेको भेटघाट कार्यक्रममा बोल्दै महामन्त्री थापाले संविधान संशोधन गरेर मात्र ०८४ को निर्वाचनमा जानुपर्ने बताउनुभएको हो ।
उहाँले अहिलेको संविधानमा रहेको निर्वाचन प्रणाली, उपराष्ट्रपतिको भूमिका र जिम्मेवारी लगायतका कतिपय विषयमा संशोधन आवश्यक रहेकोले संशोधन गरेर मात्र निर्वाचनमा जानुपर्ने बताउनुभयो ।
उहाँले २०८४ को चुनावमा कोहीसँग गठबन्धन नगर्ने बताउँदै अरूले गठबन्धन गर्न सक्ने भएकाले बलियो सङ्गठन बनाउनु पर्ने बताउनुभयो ।

कोलोराडोखबर संवाददाता
प्रतिक्रिया दिनुहोस्