नेपाल । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पार्टीको सक्रिय भूमिकामा फर्किएका छन् ।
यसैक्रममा सोमबार पार्टी कार्यालयमा उपस्थित कार्यकर्ताहरुलाई सम्बोधन गर्ने क्रममा रास्वपा राजसंस्था कि गणतन्त्रको पक्षमा उभिन्छ भन्ने प्रश्नलाई लामिछानेले प्रतिकात्मक जवाफ दिएका छन् । उनले गणतन्त्रवादी दलहरुलाई ईंगित गर्दै उनीहरुले लोकतन्त्र र गणतन्त्रको खोल मात्र ओढेको बताए ।
लामिछानेले भने, ‘तपाईंहरु जहाँ उभिनुभएको छ, त्यो लोकतन्त्र होइन । तपाईंले गणतन्त्रको खोल ओढ्नेभएको छ । रास्वपा खोल ओढ्दैन । रास्वपाले आफ्नो कुरा स्पष्टसँग राखेको छ । तपाईंको कर्तुत लुकाउन तपाईंको कित्तामा उभिएर फोटो खिचाउँने रहर हामीलाई छैन ।’

कोलोराडोखबर संवाददाता
प्रतिक्रिया दिनुहोस्