२२ फाल्गुन २०८२, शुक्रबार

त्रिभुवन विश्वविद्यालयको केन्द्रीय क्याम्पसमा नेवि संघका दीपक जोशी निर्वाचित

कोलोराडोखबर संवाददाता , April 1st, 2025

नेपाल । त्रिभुवन विश्वविद्यालयको कीर्तिपुरस्थित केन्द्रीय क्याम्पसमा सोमबार सम्पन्न निर्वाचनमा नेवि संघका दीपकराज जोशी विजयी हुनुभएको छ ।

कुल खसेको तीन हजार १०८ मतमध्ये उहाँले ७८९ मत प्राप्त गर्नुभएको थियो । उहाँका निकटतम् प्रतिद्वन्द्वी अनेरास्ववियुका सिद्धान्त भट्टले ७८१ मत प्राप्त गर्नुभएको थियो ।

नेकपा माओवादी निकट अखिल क्रान्तिकारीका प्रविण दाहालले ७२७ प्राप्त गर्नुभएको छ भने स्वतन्त्र उम्मेदवार उज्ज्वल खड्काले ५१५ मत प्राप्त गर्नुभएको छ ।

सभापति बाहेक अन्य पदमा भने अनेरास्ववियुका उम्मेदवार विजयी भएका छन् । सचिवमा अनेरास्ववियुका हिक्मतकुमार बुढा र कोषाध्यक्षमा सञ्चमाया सुब्बा निर्वाचित हुनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्