नेपाल । गणतन्त्र पक्षधर प्रमुख दलहरुले संविधान र संघीय लोकतान्त्रिक गणतन्त्रका विरुद्ध भइरहेको गतिविधिमा मुख्य जिम्मेवार पूर्वराजा ज्ञानेन्द्र भएको निष्कर्ष निकालेका छन् ।
व्यवस्था र संविधानका विरुद्ध गतिविधि गर्ने पूर्वराजालाई कारबाहीको दायरामा ल्याउनुपर्नेमा उनीहरुले जोड दिएका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीको आह्वानमा आइतबार सिंहदरबारमा भएको गणतन्त्र पक्षधर दलको बैठकमा सबै दलका नेताले पूर्वराजाकै कारण अराजक गतिविधि बढेको निष्कर्ष निकालेका हुन् ।
उनीहरूले त्यस्ता गतिविधि गर्नेलाई कारबाहीको दायरामा ल्याउन सरकारलाई सुझाव दिएका छन् ।
बैठकमा प्रधानमन्त्री ओलीले देशको पछिल्लो अवस्थाका बारेमा जानकारी गराउँदै पूर्वराजाका गतिविधि कानून र संविधानविरुद्ध भइरहेको पाइएकाले प्रमुख राजनीतिक दलका तर्फबाट सुझाव दिन आग्रह गरेका थिए ।
दलहरुले व्यवस्था विरोधी गतिविधि गर्ने पूर्वराजासहित सबैलाई कारबाहीको दायरामा ल्याउन सुझाव दिएका हुन् ।
पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई, गृहमन्त्री रमेश लेखक र पूर्वमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का उपमहासचिव शक्तिबहादुर बस्नेतले पूर्वराजा शाहको गतिविधि षड्यन्त्रपूर्ण रहेको निष्कर्ष सबै दलले निकालेको बताए ।
उक्त बैंठकमा रास्वपा र राप्रपाबाहेक अन्य गणतन्त्रवादी दलका शीर्ष नेताहरुको सहभागिता रहेको थियो ।

कोलोराडोखबर संवाददाता
प्रतिक्रिया दिनुहोस्