नेपाल । त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्राडा केशरजंग बरालले राजीनामा दिएका छन् । उनले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा राजीनामापत्र बुझाएका हुन् ।
उपकुलपति बरालले स्वास्थ्यको कारण देखाएर प्रधानमन्त्री एवं त्रिविका कुलपतिलाई सम्बोधन गरेर राजीनामा पठाएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।
राजीनामा सम्बन्धमा बुझ्न खोज्दा उपकुलपति बरालसँग सम्पर्क हुन सकेन ।
बराल गत वर्षको फागुन १० गते त्रिवि उपकुलपतिमा नियुक्त भएका थिए । तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बराललाई उपकुलपति नियुक्त गरेका हुन् ।

कोलोराडोखबर संवाददाता
प्रतिक्रिया दिनुहोस्