२० फाल्गुन २०८२, बुधबार

ज्ञानेन्द्र शाहलाई काठमाडौं महानगरले तोक्यो ७ लाख ९३ हजार जरिवाना

कोलोराडोखबर संवाददाता , March 30th, 2025

काठमाडौं । काठमाडौं महानगरपालिकाले पूर्वराजा ज्ञानेन्द्र शाहलाई तोकेको जरिवानाको पत्र आइतबार निर्मल निवासमै लगेर बुझाउने भएको छ ।

काठमाडौं महानगर प्रहरी बलका प्रमुख राजुनाथ पाण्डेका अनुसार कार्यालय समय खुलेपछि निर्मल निवासमै पुर्‍याएर जरिवानाका पत्रहरू बुझाइनेछ ।

पूर्वराजा शाहको नाममा काठमाडौं महानगरले ७ लाख ९३ हजार जरिवाना तोकेको हो । दुर्गा प्रसाईंको आह्वानमा राजसंस्था पुनर्स्थापनाका लागि शुक्रबार तीनकुने क्षेत्रमा भएको प्रदर्शन हिंसात्मक बनेको थियो ।

कुन शीर्षकमा कति जरिवाना ?
– कोटेश्वरको सडक तथा सडकपेटीमा जथाभावी फोहोर गरेको शीर्षकमा १ लाख,
– महादेवस्थानको सडक तथा सडकपेटीमा जथाभावी फोहोर गरेकोमा १ लाख,
– तीनकुनेको सडक तथा सडकपेटीमा जथाभावी फोहोर गरेकोमा १ लाख,
– जडीबुटीको सडक तथा सडकपेटीमा जथाभावी फोहोर गरेकोमा १ लाख,
– बालकुमारीको सडक तथा सडकपेटीमा जथाभावी फोहोर गरेकोमा १ लाख,
– सिनामंगलको सडक तथा सडकपेटीमा जथाभावी फोहोर गरेकोमा १ लाख जरिवाना तोकेको छ ।
– दमकल तोडफोड गरेको १ लाख ३० हजार
– तीनकुनेमा रुख, बिरुवा, रेलिङ तोडफोडमा ६३ हजार रुपैयाँ ।

प्रतिक्रिया दिनुहोस्