२० फाल्गुन २०८२, बुधबार

नेपाल अमेरिका पत्रकार संघद्वारा पत्रकार रजकको मृत्युप्रति दुःख व्यक्त

कोलोराडोखबर संवाददाता , March 30th, 2025

अमेरिका । नेपालमा राजसंस्था पुनःस्थापनाको माग राख्दै राजावादीहरूको समूहद्वारा गरिएको आन्दोलनको रिपोर्टिङका क्रममा आगजनीमा परी एभिन्युज टेलिभिजनमा कार्यरत पत्रकार सुरेश रजकको मृत्यु भएको प्रति नेपाल अमेरिका पत्रकार संघ (नेजा) दुःख व्यक्त गरेको छ ।

नेजा स्व. रजकप्रति भावपूर्ण श्रदाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा हार्दिक समवेदना प्रकट गर्दछ । नेजाका महासचिव बाबुराम दाहालद्वारा विज्ञप्तिमा उल्लखे छ– ‘आन्दोलनका क्रममा पत्रकार दिनेश गौतममाथि भएको कुटपिट, अन्नपूर्ण मिडिया समूहको कार्यालय भवनमा तोडफोड तथा आगजनी, कान्तिपुर टेलिभिजन भवनमा गरिएको ढुङ्गामुडा र हिमालय टेलिभिजनको सवारीसाधनमा गरिएको तोडफोडप्रति नेजा गम्भीर आपत्ति प्रकट गर्दछ ।’

प्रतिक्रिया दिनुहोस्