२० फाल्गुन २०८२, बुधबार

पत्रकार सुरेश रजकको योजनाबद्ध ढंगले हत्या भएको नेपाल पत्रकार महासंघको ठहर

कोलोराडोखबर संवाददाता , March 30th, 2025

नेपाल । नेपाल पत्रकार महासंघले शुक्रबार राजावादी आन्दोलनका क्रममा पत्रकार सुरेश रजकको योजनाबद्ध ढंगले हत्या भएको ठहर गरेको छ ।

महासंघका उपलब्ध केन्द्रीय पदाधिकारी र सदस्यहरुको आकस्मिक बैठकले सो ठहर गरेको हो ।

बैठकले पत्रकार रजकको हत्या तथा सञ्चारगृह तथा पत्रकारमाथि गरिएको आक्रमण तथा आगजनीको विरोधमा थप आन्दोलनका कार्यक्रम तय गरेको महासचिव रामप्रसाद दाहालद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

बैठकले शनिबार क्षति पुर्‍याइएका सञ्चारगृहको अनुगमन र घाइते सञ्चारकर्मी र सञ्चार सामग्रीको विवरण संकलन गर्ने, आइतबार कार्यस्थलमा कालोपट्टी बाँधेर काम गर्न सबै सञ्चारकर्मीलाई आह्वान गर्ने, सोमबार केन्द्रीय समिति, प्रदेश समिति र शाखामार्फत नेपाल सरकारलाई ज्ञापनपत्र बुझाउने र मंगलबार सरोकारवाला संगठनहरूसँग छलफल गर्ने निर्णय गरेको छ ।

यस्तै, मारिएका पत्रकार सुरेश रजक सम्बद्ध सञ्चारगृह, उनको परिवारसँग छलफल गरी प्रतिवेदन तयार पार्न उपाध्यक्ष उमिदप्रसाद बागचन्दको नेतृत्वमा सचिवहरू रमेश खतिवडा, सोनी शर्मा, प्रकाश धौलाकोटी र वैकुण्ठराज पराजुली संलग्न रहेको समिति गठन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्