२० फाल्गुन २०८२, बुधबार

हिंसात्मक क्रियाकलाप गर्नेलाई कारवाही गर्ने सरकारको निर्णय, तीनकुनेको कर्फ्यु हटाइयो

कोलोराडोखबर संवाददाता , March 29th, 2025

नेपाल । सरकारले शुक्रबार राजावादीको समर्थकहरुले गरेको प्रदर्शनबाट भएको घटनाहरुको सत्यतथ्य छानबिन गरेर कारबाहीको दायरामा ल्याउने निर्णय गरेको छ ।

शुक्रबारको हिंसात्मक प्रदर्शनपछि आकस्मिक बसेको मन्त्रिपरिषदको बैठकले यस्तो निर्णय गरेको प्रवक्ता एवम् सञ्चार, सूचना तथा प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले जानकारी दिए ।

त्यस्तै, घटनामा मृत्यु भएकाहरुप्रति श्रद्धाञ्जली व्यक्त गरेको तथा घाइतेहरुको निःशुल्क उपचार गराउने पनि निर्णय गरेको उनले बताए ।

प्रहरीसँग झडप हुँदा अराजक बनेको प्रदर्शनका क्रममा गोली लागेर कीर्तिपुरका सबिन महर्जन र तीनकुनेस्थित घरमा आगलागी हुँदा जलेर क्यामेरा पर्सन सुरेश रजको मृत्यु भएको थियो भने दर्जनौं घाइते भएका छन् ।

यता, काठमाडौंको तीनकुने क्षेत्रमा लगाइएको शुक्रबार साँझदेखि लगाइएको कर्फ्यु हटाइएको छ । शनिबार बिहान ७ बजेदेखि कर्फ्यु हटाइएको जिल्ला प्रशासन कार्यालय काठमाडौंले जनाएको छ ।

राजावादी कार्यकर्ताले काठमाडौंमा यत्रतत्र आगजनी र तोडफोड गर्न थालेपछि शुक्रबार दिउँसोदेखि ७ बजेसम्मको लागि कफर्यु आदेश जारी गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्