२० फाल्गुन २०८२, बुधबार

देउवाद्वारा केपी ओलीलाई आफ्नो र नेपाली काँग्रेस पार्टीको पूर्ण समर्थन रहेको स्पष्ट

कोलोराडोखबर संवाददाता , March 26th, 2025

नेपाल । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई आफ्नो र पार्टीको पूर्ण समर्थन रहेको स्पष्ट पार्नुभएको छ।

काठमाडौंमा आयोजित पुस्तक विमोचन समारोहमा उनले कांग्रेस सत्तासँग सहकार्य गरिरहेको र प्रधानमन्त्री ओलीलाई साथ रहेको बताउनुभएको हो ।

सुजाता कोइरालाले लेखेको ‘म र मेरो सानुबुबा’ पुस्तक विमोचन कार्यक्रममा प्रधानमन्त्री ओलीको उपस्थितिमा देउवाले पुरानो सम्बन्ध स्मरण गर्दै भन्नुभयो , ‘प्रधानमन्त्री ओलीजी र म जेलदेखिकै साथी हौं । हामी जेलभित्रकै गोलघरमा पनि सँगै थियौं ।’

प्रतिक्रिया दिनुहोस्