२० फाल्गुन २०८२, बुधबार

प्रेस चौतारी नेपालको अध्यक्षमा गणेश पाण्डे सर्वसम्मत चयन

कोलोराडोखबर संवाददाता , March 25th, 2025

नेपाल । प्रेस चौतारी नेपालको अध्यक्षमा गणेश पाण्डे सर्वसम्मत चयन हुनुभएको छ ।

नेकपा एमाले नजिकको पत्रकार संगठन चौतारीको सोमबार सम्पन्न दशौं महाधिवेशनले पाण्डेको अध्यक्षतामा ९९ सदस्यीय नयाँ कार्य समिति चयन गरेको हो ।

राजेश राईको अध्यक्ष पदमा प्रबल दाबेदारी भए पनि अन्तिम समयमा आएर राईले आफ्नो उम्मेदवारी फिर्ता लिनुभएपछि पाण्डे सर्वसम्मत चयन हुनुभएको हो ।

समितिको दुई जना उपाध्यक्षहरुमा चेतन अधिकारी र कृपा भण्डारी (महिला) चयन हुनुभएको छ । त्यस्तै, महासचिवमा हिरामान लामा पुनः दोहोरिनुभएको छ ।

त्यस्तै, उपमहासचिवमा हरिवल्लभ नेपाल चयन हुनुभएको छ । सचिवहरुमा विष्णु तारुके (संगठन), प्रदीप आचार्य (अर्थ), बिक्रम लुइटेल (प्रचार तथा प्रशिक्षण) र नरेश भण्डारी (विदेश) चयन हुनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्