२६ बैशाख २०८२, शुक्रबार

पद्मकन्या क्याम्पसमा नेपाल विद्यार्थी संघको बागी प्यानल विजयी

कोलोराडोखबर संवाददाता , March 21st, 2025

नेपाल । काठमाडौंस्थित पद्मकन्या क्याम्पस (पीके कलेज) को स्ववियु सभापतिमा नेपाल विद्यार्थी संघको बागी प्यानल विजयी भएको छ ।

नेविसंघकी बागी उम्मेदवार भूपि ऐरको प्यानल विजयी भएको हो । उनले ७ सय ३० मत पाउँदा नेविसंघकी पूर्णिमा परियारले ३७९ मत प्राप्त गरिन् ।

पार्टी महामन्त्री गगन थापानिकट ऐरले स्वतन्त्र समूहको नाममा उम्मेदवारी दर्ता गरेकी थिइन् । उनी हाल स्ववियु सचिव थिइन् ।

यस्तै सचिव सन्ध्या बस्यालले ६९५ र कोषाध्यक्ष संकल्पिका थापाले ६६६ मत पाएर विजयी भएका छन् ।

यस्तै सदस्यहरु उर्वशी पाण्डे ६९४, चेतना महर्की ६८६, अस्मिता विक ६८०, स्वस्तिका विष्ट ६८०, आशु चौधरी ६७८, आकृति पाण्डे ६७६, निशा कार्की ६७४, र यानसु कटवलाले ६७२ मतका साथ विजय हासिल गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्