२० फाल्गुन २०८२, बुधबार

अब एक्लै चुनाव लडेर श्रेष्ठता हासिल गर्ने आधार बलियो बन्दै गयोः प्रचण्ड

कोलोराडोखबर संवाददाता , March 21st, 2025

नेपाल । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो पार्टीले एक्लै चुनाव जित्ने आधार बलियो बन्दै गएको बताएका छन् ।

जनतासँग माओवादी, तराई मधेश जागरण अभियानअन्तर्गत बारामा आयोजित मधेश जागरण सभालाई सम्बोधन गर्दै उनले यस्तो धारणा राखेका हुन् ।

विगतमा कहिले कांग्रेस त कहिले एमालेसँग मिलेर चुनाव लड्दा उनीहरुले फाइदा लिने तर माओवादीले घाटा व्यहोर्ने अवस्था रहेको उल्लेख गर्दै उनले अब एक्लैले चुनाव लडेर श्रेष्ठता हासिल गर्ने आधार बलियो बन्दै गएको बताएका हुन ।

गत मंसिरको उपनिर्वाचन हुदैँ भर्खरै सम्पन्न स्ववियु निर्वाचनसम्म आइपुग्दा माओवादी एक्लैले चुनाव जित्ने आधार बलियो बन्दै गएको र कसैको वैशाखी नटेकेर माओवादी चुनाव लड्नै सक्दैन भन्ने बिरोधीहरुको भाष्य खारेज भएको बताए ।

प्रतिक्रिया दिनुहोस्