२० फाल्गुन २०८२, बुधबार

चैत १५ गते गर्न जनप्रदर्शनको तयारीमा नेकपा एसले मोर्चा संगठनको बैठक गर्यो

कोलोराडोखबर संवाददाता , March 21st, 2025

नेपाल । नेकपा (एस) मोर्चा संगठनको बैठक सम्पन्न भएको छ ।

पार्टीका कार्यवाहक अध्यक्ष राजेन्द्र पाण्डेको विशेष उपस्थितिमा बिहिबार पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बैठक सम्पन्न भएको हो । बैठकमा पार्टीका वरिष्ठ नेता प्रमेश हमाल, उपाध्यक्ष जयन्ती राई, सचिव रावित्रा भुसाल, गणेश बिकको उपस्थिति रहेको थियो ।

त्यस्तै मोर्चा संगठनका उपप्रमुख बलराम बास्कोटा, आन्दोलन संयोजन कमिटीका सचिव जीवनराम श्रेष्ठलगायतका नेताहरुको उपस्थिति रहेको थियो ।

बैठकले समाजवादी मोर्चाले यहि चैत १५ गते गर्न लागेको वृहत् जनप्रदर्शन तथा आमसभामा व्यापक सहभागिताका निम्ति तयारी गर्ने निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस्