नेपाल । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कतिपय मानिसले अझै पनि संघीयता स्वीकार्न नसकेको टिप्पणी गरेका छन् ।
सोमवार पार्टी केन्द्रीय कार्यालयमा आयोजित ‘संघीयताको प्रभावकारी कार्यान्वयनमा नेपाली कांग्रेसको भूमिका’ विषयक अन्तरक्रियामा सभापति देउवाले कतिपय मानिसले बाध्यताले संघीयता स्वीकार गरेको टिप्पणी गरेका हुन् ।
उनले कसैले चाहँदैमा संघीयता नफर्किने भन्दै उनले देश संघीयतामा गइसकेपछि स्थानीय तह, प्रदेश र संघले आ—आफ्नै अधिकारप्राप्त गरेको भए पनि संघीयता सुदृढीकरण आवश्यक रहेको बताए।
संघीयताको सफल कार्यान्वयनका लागि सबै राजनीतिक दलका नेतृत्वबीच छलफल हुनु आवश्यक भएको समेत उनको भनाइ छ । संघीयता आएपछि मात्र सबैले राज्यका संरचनामा सहभागिताको अवसर पाएको समेत उनले उल्लेख गरे।
उनले साम्प्रदायिक एकता खल्बल्याउने काम भइरहेको भन्दै यसविरुद्ध एकजुट हुन सबैसँग आग्रह गरे।

कोलोराडोखबर संवाददाता
प्रतिक्रिया दिनुहोस्