नेपाल । नेपाल प्रहरी महानिरीक्षक (आइजिपी) मा अतिरिक्त महानिरीक्षक (एआइजी) दीपक थापालाई नियुक्त भएका छन् ।
सोमबार बसेको मन्त्रीपरिषद् बैठकले पहिलो वरीयतामा रहनुभएका एआइजी थापालाई नेपाल प्रहरीको ३१ औँ महानिरीक्षकमा नियुक्त गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिनुभयो । थापापछि दोस्रो र तेस्रो वरीयतामा क्रमशः एआइजीद्वय सुदीप गिरी र टेकबहादुर तामाङ हुनुहुन्छ ।
यता सोमबारनै प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरको बिदाइ गरिएको छ । गृह मन्त्रालयमा आयोजित कार्यक्रममा गृहमन्त्री रमेश लेखकले कुँवरलाई शान्ति, सुरक्षा र अपराध अनुसन्धानमा पुर्याएको योगदानको प्रशंसा गर्दै बिदाइ गर्नुभयो ।

कोलोराडोखबर संवाददाता
प्रतिक्रिया दिनुहोस्