१९ बैशाख २०८२, शुक्रबार

दीपक रौनियार निर्देशित फिल्म ‘राजागंज’ शुक्रबारदेखि प्रदर्शन हुँदै

कोलोराडोखबर संवाददाता , March 14th, 2025

नेपाल । दीपक रौनियार निर्देशित फिल्म ‘राजागंज’ शुक्रबारदेखि प्रदर्शन हुँदैछ ।

उक्त चलचित्रलाई केन्द्रीय चलचित्र जाँच समिति (सेन्सर बोर्ड) ले प्रदर्शन अनुमति दिएसँगै शुक्रबारबाट प्रदर्शनमा आउन लागेको हो ।

यसअघि बोर्डले फिल्ममा प्रधानमन्त्री केपी शर्मा ओलीले २०७२ सालमा गरेको भाषणको भिडियो समावेश र हिन्दी भाषा प्रयोग गरिएकै आधारमा प्रदर्शन अनुमति दिएको थिएन ।

बोर्डले राखेका सबै सर्तहरू मान्न तयार भएपछि प्रदर्शन अनुमति दिएको निर्देशक दीपक रौनियारले बताए ।

फिल्ममा अब प्रधानमन्त्रीले गरेको भाषणको उक्त अंश हटाइने तथा हिन्दी भाषामा म्युट गरिने उनले जानकारी दिए ।

फिल्मलाई सेन्सर बोर्डले अनुमति नदिँदा फिल्मकर्मीहरूले आपत्ति जनाएका थिए । सामाजिक सञ्जालमा सेन्सर बोर्डको निर्णयविरुद्ध उनीहरूले असन्तुष्टि पोखेका थिए ।

प्रतिक्रिया दिनुहोस्