२० फाल्गुन २०८२, बुधबार

नेपाली काँग्रेसको क्रियाशील सदस्यता वितरण कार्य तीव्र

कोलोराडोखबर संवाददाता , March 14th, 2025

नेपाल । नेपाली कांग्रेसको १५ औँ महाधिवेशनको लक्षित गरी क्रियाशील सदस्यता वितरण कार्य तीव्र पारिएको छ ।

महामन्त्री गगनकुमार थापा संयोजकत्वको क्रियाशील सदस्यता वितरणसम्बन्धी समितिको निर्देशनपछि मात्रै सदस्यता वितरणले तीव्रता पाएको हो ।

समितिले पार्टीका सबै कार्यसमितिले क्रियाशील सदस्यता नवीकरण र वितरण कार्य सम्पन्न गरी निर्णयको प्रतिलिपि, अद्यावधिक विवरण, सदस्यता शुल्कसहितका कागजात तथा जिल्लाको प्रतिवेदन २०८१ चैत २९ गते केन्द्रीय कार्यालयमा पठाउन निर्देशन दिएपछि मात्रै वडास्तरबाटै सदस्यता वितरणको काम अघि बढेको हो ।

कांग्रेस केन्द्रीय सदस्य प्रकाश स्नेही रसाइलीका अनुसार एकभन्दा बढी प्रतिनिधि सभा निर्वाचन क्षेत्र भएका क्षेत्रीय कार्यसमितिले प्रदेश सभा कार्यसमितिबाट प्राप्त क्रियाशील सदस्यता नवीकरण फाराम चैत १५ गते पठाउन भनिएको छ ।

प्रतिक्रिया दिनुहोस्