१८ बैशाख २०८२, बिहीबार

नेपाल घरेलु टोली युगान्डासँग ४० रनले पराजित

कोलोराडोखबर संवाददाता , March 14th, 2025

नेपाल । युगान्डामा जारी महिला टी-२० अन्तर्राष्ट्रिय क्रिकेट सिरिजको पाँचौँ खेलमा नेपाल घरेलु टोली युगान्डासँग ४० रनले पराजित भएको छ ।

युगान्डाको एन्टेबे क्रिकेट मैदानमा बिहीबार जितका लागि ९२ रनको लक्ष्य पछ्याएको नेपाल १७.१ ओभरमा सबै विकेटको क्षतिमा ५१ रनमा समेटियो ।

नेपालका लागि कविता जोशीले १२, कप्तान इन्दु बर्माले ११, अलिसा यादवले नौ र पुजा महतोले सात रन बनाउनुभयो । पाँचजना खेलाडीले रनको खाता खोल्न सकेनन् । बलिङमा युगान्डाकी इमाकेलेट नाकीचुई र इरेनी मुन्टोनीले तीन तीन तथा कोनी अवेको, जेनिति माबाजीले एक एक विकेट लिनुभयो ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको युगान्डाले निर्धारित २० ओभरमा पाँच विकेटको क्षतिमा ९१ रन बनाएको थियो । युगान्डाका लागि रिथ मुसामालीले सर्वाधिक ३८ रन बनाउनुभयो । यस्तै इस्थर इलुकुले २२ र स्टेफिनी नामपिनाले अविजित १३ रन जोड्नुभयो ।

बलिङमा नेपालकी रिया शर्माले दुई तथा पूजा महतो, ईश्वरी विष्ट र रुविना क्षेत्रीले एक एक विकेट लिनुभयो । नेपालको यो पाँच खेलमा चौथो हार हो । यसअघि पहिलो खेलमा युगान्डालाई एक विकेटले हराएको थियो । हारसँगै नेपालको फाइनल पुग्ने सम्भावना सकिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्