२० फाल्गुन २०८२, बुधबार

‘तराई-मधेश जागरण अभियान’ स्थगित गरेर माओवादी नेताहरु काठमाडौं फर्किए

कोलोराडोखबर संवाददाता , March 9th, 2025

नेपाल । नेकपा माओवादी केन्द्रले ‘जनतासँग माओवादी, तराई–मधेश जागरण अभियान’ स्थगित भएको छ ।

राष्ट्रिय राजनीतिलाई मध्यनजर गरेर अभियान स्थगित भएको माओवादीले जनाएको छ ।

अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहितको टोली शनिबार रौतहटमा थियो । अभियान स्थगित गरेर प्रचण्डसहित माओवादीका शीर्ष नेताहरू काठमाडौं फर्किँएका छन् ।

अभियान र पछिल्ला विकसित घटनाक्रमबारे छलफल गर्न आइतबार पदाधिकारी बैठक डाकिउको छ । पछिल्लो समयमा राजावादी शक्तिहरूको सक्रियतापछि माओवादीले अभियान स्थगित गरेको बताइन्छ ।

माओवादीले फागुन १२ गते झापाबाट एक महिने अभियान सुरु गरेको थियो ।

राजावादीहरुले पूर्वराज आइतबार पोखराबाट काठमाडौं फर्कंदा भव्य स्वागतको तयारी गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्