१८ बैशाख २०८२, बिहीबार

अन्तराष्ट्रिय महिला दिवसमा २० जना महिलाहरुलाई जयजानकी अन्तराष्ट्रिय सम्मान

कोलोराडोखबर संवाददाता , March 9th, 2025

नेपाल । मधेशी पत्रकार समाज नेपाल र मधेशी एसोसिएसन इन अमेरिकाले अन्तराष्ट्रिय महिला दिवसको अवसरमा विभिन्न क्षेत्रका २० जना महिलाहरुलाई जय जानकी अन्तराष्ट्रिय सम्मानद्धारा सम्मानित गरेका छन् ।

शनिवार आयोजित एक कार्यक्रममा विभिन्न विधा अन्तर्गत रहेर देश तथा विदेशका शसक्त महिलाहरुलाई सम्मान गरिएको मधेशी पत्रकार समाज नेपालका अध्यक्ष मोहनकुमार सिंहले बताए ।

नेपाल पत्रकार महासंघका अध्यक्ष निर्मला शर्मा, गायिका अन्जली पटेल, ममता चौधरी, मिता अग्रवाल, रञ्जु ठाकुर, सरिता साह, सृष्टि सिंह भण्डारी, सुनिता हरिजन, बन्दना झा सम्मानित भएका थिए ।

अन्तराष्ट्रिय स्तरबाट भारतका चर्चित लोक गायिका स्वर्गीय सारदा सिन्हालाई मरोपरान्त लाइफ टाइम मेमोरियल एचिभमेन्ट अवार्डद्धारा सम्मानित गरिएको थियो ।

भारतका अर्थमन्त्री निर्मला सिथारमणलाई पनि सम्मान गरिएको थियो । साथै, भारतबाट चर्चित मैथली लोक गायिका मैथली ठाकुर, सिमा परासर, डा. अश्विनी क्षिरसागर, सम्मानित भएका थिए । बंगलादेशबाट पत्रकार उमपा ज्योश्री कुन्डु, थाइलेन्डबाट ज्यातिषी तनुश्री दुवे सम्मानति भएका थिए ।

गैरअवासीय नेपाली संघकी उपाध्यक्ष अभियन्ता रोजिना प्रधान राई, अमेरिकाबाट शशी साह तथा अष्ट्रेलियाबाट अनिशा सिंहलाई सम्मानित गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्