१९ फाल्गुन २०८२, मंगलवार

सबै भ्रातृ एवं शुभेच्छुक संस्था बलियो भएमात्रै नेपाली कांग्रेस बलियो हुन्छः देउवा

कोलोराडोखबर संवाददाता , March 7th, 2025

नेपाल । नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले लोकतन्त्रमा मात्रै सबै वर्गको अधिकार सुनिश्चित हुने बताएका छन् ।

बिहीबार पार्टी केन्द्रीय कार्यालय सानेपामा नेपाल भूतपूर्व सैनिक सङ्घको कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेपाल भूतपूर्व सैनिक संघमा समस्या रहेको कुरालाई बुझेर आफूले समाधानका लागि पहलकदमी गरिरहेको बताए ।

उनले गोरखा भर्ती केन्द्रका बारेमा सरकारसँग कुरा भइरहेको पनि जानकारी गराए । उनले गोरखा भर्तीका समस्या समाधानका लागि कूटनीतिक तहमा कुरा अगाडि बढाउने प्रतिबद्धता जनाए । उनले प्रजातन्त्र स्थापना र पुनः स्थापना एवं नेपालको हरेक लोकतान्त्रिक आन्दोलनमा भूतपूर्व सैनिकहरूले पुर्‍याएको योगदान महत्त्वपूर्ण रहेको बताए ।

सभापति देउवाले सबै भ्रातृ एवं शुभेच्छुक संस्था बलियो भए हाम्रो नेपाली कांग्रेस पार्टी बलियो हुने जिकिर गरे । नेपाली कांग्रेस बलियो पार्टी भए मात्रै नेपाल समृद्ध मुलुक बन्न सक्ने बताए ।

प्रतिक्रिया दिनुहोस्